आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहाको नापी कार्यालयमा जनरेटर बाट आगलागी:फाइल र जनरेटर जलेर नस्ट

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ४०६ पाठक संख्या

श्रावन ३ सिरहा;

सिरहाको जिल्ला नापी कार्यालयमा जनरेटरबाट भीषण आगो लागेको छ ।भरयाङ्गको छेउमा स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताएको हो।

स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलागने पुरा फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको बताए ।कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा एक घन्टा पछी आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रमुख कर्णले बताए।

प्रतिक्रिया दिनुहोस