आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घुससहित पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ३६० पाठक संख्या

२०७६ श्रावण ४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५÷७६ मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अख्तियारले पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म रहेको जनाएको हो । घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन् । गृहका २७ जना, सङ्घीय मामिला अन्तर्गतका २६ जना, भूमि व्यवस्था अन्तर्गतका २२ जना, वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका थिए । अख्तियारले गत आर्थिक वर्षमा परेका उजुरी मध्ये ३५१ मुद्दा दर्ता गरेको समेत जनाएको छ । जम्मा २४ हजार ४८ मध्ये १५ हजार ६ सय ११ उजुरी फर्छ्यौट गरिएको र त्यस मध्ये ३५१ उजुरी मात्रै मुद्दामा गएको अख्तियारले जनाएको छ । अख्तियारले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ८८.५ प्रतिशत कार्य सफल रूपमा सम्पन्न भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अख्तियारले दायर गरेको मुद्दामा सफलताको प्रतिशत बढिरहेको दाबी गरे । नेपाली सेनाभित्रको भष्ट्राचारमा संलग्नलाई कारबाही गरेरै छाड्ने उनले बताए ।
साथै राष्ट्रिय परिचयपत्र छपाइमा भएको भनिएको भ्रष्टाचार र राष्ट्रिय गौरवका आयोजनाभित्रको भ्रष्टाचार पनि अध्ययनका क्रममा रहेको उनले जानकारी दिए

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पनि छिट्टै मुद्दा चलाउने अख्तियारले जनाएको छ । बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस