आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेशको सामर्थ्य बुझ्न ५ सदस्यीय कार्यदल

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ४१० पाठक संख्या

काठमाडौं  , मंसिर २४ : ७ वटै प्रदेशको सामर्थ्य बुझ्न  ५ सदस्यीय कार्यदल गठन भएकाे छ  । अन्तरप्रदेश परिषद बैठक वृह्त छलफलपछि कार्यदल बनाउने निश्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री केपी ओलीले सबै प्रदेशको सामथ्र्य पहिचाहन गर्न छुट्टै कार्यदल बनाउन निर्देशन दिनु भएको सञ्चार तथा सूचना विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराउनु भएको छ ।

आइतबार देखि शुरु भएको बैठकमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले आ आफ्ना धारण राखेका छन् । बैठकमा सबै मुख्यमन्त्रीले आप्ना प्रदेशका प्राकृतिक स्रोत साधन तत्कालै प्रयोग गर्न सक्ने अवस्था नरहेको सुनाउँदै प्रदेश संचालनमा समस्या रहेको अवगत गराए ।

२ दिन सबै मुख्यमन्त्रीहरुको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले  गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउन निर्देशन दिनुभएको हाे । प्रदेशको सामथ्र्य पहिचाहन कार्यदलमा संघीय मामिला मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य रहनु भएको छ ।

कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थिति प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तय भएको सञ्चारमन्त्री बाँस्कोटा बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस