आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पानी जमेको खाल्डोमा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ४११ पाठक संख्या

अखिलेश कुमार यादव
२०७६ श्रावण ४

रौतहट,
बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको प्रहरीले जनाएको छ ।

देवाही गोनाही नगरपालिकामा रहेको बाँधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । बाख्रा चराउन गएका दुवै बालिका गर्मीका कारण खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा उनीरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस