आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाद्वारा १६ औं सशस्त्र प्रहरी दिवस धुमधामसाथ मनाईयो

AuthorAP Khabar२०७५ भाद्र ८, शुक्रबार (५ साल अघि) ६६४ पाठक संख्या

पथलैया :  मध्यमाञ्चल बिकाश क्षेत्रका क्षेत्रीय प्रशासक बिनोद के.सिले विभागको सिद्वान्त र उद्वेश्य पुरा गर्ने कार्यमा सशस्त्र प्रहरीबलका राष्ट्र सेवक कर्मचारीहरु सधै लाग्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभएको छ । बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनीमा बिहिवार सम्पन्न १६ औं सशस्त्र प्रहरी दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका के.सिले समय समयमा सशस्त्र प्रहरिको काम कार्यवाहि तथा सुरक्षा कार्यवाहिका विभिन्न पक्षहरुमा मानव अधिकार तथा यससंग संबन्धित निकायहरुले विभिन्न प्रश्नहरु उठाउने गरेको हुदा प्रहरीले अन्तराष्ट्रिय मुल्य मान्यता अनुरुप परिचालित हुने कार्यमा सजक रहनु पर्ने आवसयक्ता रहेको बताउनु भयो ।
उहांले निकट भविष्यमा नेपालको नयां संविधान बमोजिम तिन तहको (स्थानिय चुनाव, प्रदेशको चुनाव तथा सांसदको चुनाव) चुनाव हुने सन्दर्भ आइरहेको समयमा चुनावमा सुरक्षा ब्यवस्था राम्रो बनाउनुका साथै चुनावलाइ स्वच्छ, निस्पक्ष र निरभयका साथ सम्पन्न गराउन सशस्त्र प्रहरिबलको मुख्य भुमिका हुने कुरामा जोडदिनु भएको थियो ।
कार्यक्रममा बाहिनीको आन्तरीक श्रोतबाट सीसुका चितवनका सशस्त्र प्रहरि निरिक्षक समुन अधिकारी, सिसुका महोतरीका सशस्त्र प्रहरि नायब निरिक्षक नरेन्द्र कुमार साह, उग्रतारा गणका सशस्त्र प्रहरि सहायक निरिक्षक श्याम राना, सशस्त्र प्रहरि सहायक हवलदार गगन देव, सशस्त्र प्रहरि सहायक हवलदार राम बहादुर सउद रहेका थिए भने हेड क्वाटरबाट उत्कृष्टमा मनेनित भइ बाहिनीबाट सशस्त्र प्रहरि सहायक हवलदार बीर सिहं धामी र इश्वर बहादुर आलेमगर पुरस्कृत भएका थिए ।
यसैगरी बाहिनी तथा मातहत कार्यलयलाइ सहयोग गर्ने महानुभावहरु श्रमति तिलक मल्ल ठकुरी, समृद्वि बचत तथा ऋण सहकारी संसथा लि., राम सुबेदी, संजिव बहादुर छतकुली, शम्भु मिश्र, पुरस्कृत भएका थिए । भने एस.एल.सि.मा उत्कृष्ट अंक ल्याउने सशस्त्र प्रहरी क्रमचारीका सन्तती सुशिल योगी र मनोज श्रेष्ठ बाहिनीबाट सम्मानित भएका थिए ।
साथै बाहिनीबाट सम्पन्न विभिन्न खेलकुद तर्फ प्रथम र दोस्रो हुनेमा सप्रज सिमरन तामाङ्गलाइ महिला तर्फ प्रथम, सप्रज देवकी बल द्वितिय, शुष्मा दर्लामी मगर तृतिय, पुरुष तर्फ जगत बहादुर बुढा प्रथम, उत्तम कार्की द्वितिय र नाराउण श्रेष्ठ तृतीय पुरस्कारबाट पुरस्कृत भएका थिए ।
यसैगरी ब्याडमिन्टन तर्फ प्रथम हुनेमा सप्रनामनि बाबुराम पाण्डे,सप्रनाउ प्रेम प्रकाश सिग्देल, द्वितिय हुने सप्रनाउ मेखराज जोशी, सप्रनि भिमबहादुर राना र तृतिय हुने सप्रउ भेष बहादुर शाह, ऋषिदेव कार्की, सप्रनाउ प्रकाश पौडेल, राजेश घिमिरेलाइ शिल्ड तथा प्रमाण पत्रबाट सम्मानित गरीएको थियो ।
मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनीपति बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रहरी कार्यलय हेटौडाका प्रहरी नायब महानिरिक्षक पशुपति उपाध्याय, राष्ट्रिय अनुसन्धान क्षेत्रिय प्रमुख अनुसन्धान निर्देशक अलिअसगर हुसेन, तरादल गण आधावारका प्रमुख सेनानी सरोज अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढु∙ाना, जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेति,इलाका प्रहरी कार्यलय सिमराका पंहरि निरिक्षक गोविन्द कार्की, पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय लगाएत स्थानिय विभिन्न सरकारी निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुलाइ सलामी दिएर स्वागत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस