आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१ हजार ८ सय ठेकेदारमाथि छानबिन

AuthorAP Khabar२०७६ श्रावण ८, बुधबार (४ साल अघि) ४६१ पाठक संख्या

श्रावण ८ काठमाडौं – पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी÷ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो।

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने तथा सरकारी बजेट दुरुपयोगमा संलग्न एक हजार ८ सय ठेकेदारमाथि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर छानबिन सुरु भएको बताए। उनले ठेकेदार विकास–निर्माणमा गैरजिम्मेवार बन्दै गएको आरोप लगाए। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस