आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भाईले सहोदर दाईकी छोरी बलात्कार गरे, ८ महिनाको गर्भपछि परिवारले थाहा पाए …

AuthorAP Khabar२०७६ श्रावण ८, बुधबार (४ साल अघि) ५४० पाठक संख्या

श्रावण ८=
आफ्नै काका अर्थात् बुबाका भाईले भतिजीलाई बलात्कार गरेको र बालिका गर्भवति भएपछि घटना सार्वजनिक भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बना्रएका हुन् । उनी ८ महिनाकी गर्भवती छिन् । कक्षा ६ मा अध्ययनरत ति बालिका कालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीया एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार नियन्त्रणमा लिइएका ति यूवालाई थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका युवकले आफ्नै जेठा दाजुकी छोरीलाई बलात्कार गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पीडकले आफ्नो अपराध स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस