आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चाउचाउ दिएर फकाई ५ वर्षिया बालिका बलात्कार गर्ने पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ६८२ पाठक संख्या

रुपन्देही , मङ्सिर २४ : रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर जबर्जस्तीकरणी गरेको अभियोगमा देवदह–७ का जीवन खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस