आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुजाले एउटै फिल्मको २० लाख लिइन् !

AuthorAP Khabar२०७६ श्रावण ८, बुधबार (४ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं ८ । नायिका पुजा शर्मा अहिले चर्चामा रहेकी छन् । उनी भर्खरै एक नयाँ फिल्ममा अनुबन्ध भएकी हुन् । नयाँ फिल्ममा अनुबन्ध हुनु चर्चाको विषय नभएर उनले लिएको पारिश्रमिकको चर्चा भएको हो ।

दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा २० लाख पारिश्रमिक लिएको स्रोतले जनाएको छ । पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् ।

फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन । नेपाली नायिकामा महङ्गो पारिश्रमिक लिने नायिकामा पूजा शर्मा नम्बर एक नायिका बनेकी छिन् । उक्त फिल्मको शूटिङ तिहारपछि शुरु गरिने छ । तर निर्माण टिमले भने औपचारिक रुपले जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस