आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जुम्ला जान इच्छुक डाक्टरको लर्को

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ९१२ पाठक संख्या

काठमाडौं , मंसिर २४ : ‘दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्’ भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय त्यो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको छ ।

सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ । ‘सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न पठाएको हो । अगामी दिनमा प्रतिष्ठान र अस्पतालसित सहकार्य गरी अगाडि बढ्ने छ’, प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भन्नुभयो ।

प्रतिष्ठानमा जुम्ला अस्पताल प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत छन् । छिट्टै प्रतिष्ठानले एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापनका लागि चिकित्सा विधाका विभिन्न सङ्काय फ्याकल्टी कमिटी गठन गर्नेक्रम रहेको हुँदा १ सय ५० विशेषज्ञ चिकित्सकले जुम्ला जान निवेदन दिएका जनाएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थित माथि उकास्न सरकारले विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

२०७० सालमा मा अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य लगभग पूरा गरेको उपकुलपति प्रा डा वाग्लेले जानकारी दिनुभयो ।

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानले ती दुई तहका अध्ययन अध्यापन शुरुआत गराउन गरेका कामका बारेमा हालै स्थलगत अध्ययन पूरा गरी काउन्सिलको बोर्डसमक्ष प्रतिवेदनसमेत बुझाएको छ ।

काउन्सिलका उपाध्यक्ष चिकित्सक नारायणविक्रम थापासहित नौ सदस्यीय टोलीले अध्ययन गरेको टोलीमा संलग्न चिकित्सक ढुण्डिराज पौडेलले जानकारी दिनुभयो । टोलीमा सहभागी एक चिकित्सकले भन्नुभयो, “एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

प्रतिष्ठानका एमडिजिपी कार्यक्रमका संयोजक डा तरुण पौडेल भन्नुहुन्छ,‘अब एमडिजिपी तह अध्ययन गराउन काउन्सिलको स्वीकृति÷अनुमतिपत्रको पर्खाइमा छौं पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा रहेको छ’ उहाँका अनुसार दुर्गम क्षेत्रमा चिकित्सक जनशक्ति पु¥याउन एमडिजिपी तहको अध्ययन अध्यापनले कोशेढुङ्गाको काम गर्छ ।

प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने ऐनेस्थसिया सहायक अध्ययन अध्यापन गराइरहेको छ । चालू शैक्षिकसत्र विसं २०७५÷०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत गराउन प्रवेश परीक्षा सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउनुहुन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस