आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवाको सरकारलाई प्रश्नः हेलिकप्टरमा गएर जनताको दुःख ठिक हुन्छ ?

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ३७१ पाठक संख्या

काठमाडौं श्रावण ९ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोबाट प्रभावितहरुलाई सरकार राहत सामग्री उपलब्ध गराउन नसकेको बताएका छन् ।
कांग्रेसले दर्ता गराएको बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावका सन्दर्भमा बोल्दै देउवाले बाढीले तराईका जिल्लामा भयानक रुप लिएको भएपनि सरकारले त्यसतर्फ चासो नदिएको आरोप लगाएका छन् ।

‘बाढीले भयानक विषय खडा गरेको छ । जनता घरबार बिहीन छन् । खाद्यान्न समेत पानीमा बगेको छ । कटानले पुरै जमिन खत्तम पारेको छ । टहरा बनाएर बसेका छन् । केही पनि छैन् । सरकारको पहिलो कर्तव्य बाढी पीडितलाई खाद्यान्न, लत्ता कढा दिने पाल दिने केही गरेको छैन् । सरकारले गरेको पनि देखेको छैन । हेलिकप्टरबाट उद्धार कहाँ हुन्छ ?’ देउवाले भने ।

रौतहट, सर्लाही र सिरहा लगायतका जिल्लामा आफुले प्रत्यक्ष रुपमा बाढीले पुर्‍याएको क्षति हेरेर आएको भन्दै देउवाले ती क्षेत्रहरुमा धेरै मानिसहरु विस्थापित भरर बसेका र सरकारले जतिसक्दो चाँडो राहत रामग्री पुर्‍याउनु पर्ने बताए ।
‘कमसेकम जनतालाई दुःख परेको छन् । केन्द्रको सरकारले त केही गरेन् । मधेशका जनतालाई के परेको छ भनेर स्थानीय सरकार पनि पुगेको छैन् । त्यस्तो किसिमको अवस्था भएको छ । घर जान सक्ने अवस्था छैन् । खाद्यान्न सबै डुबेर खत्तम भएको छ ।’

देउवाले भने ।
पहिरोले पहाडमा धेरै मान्छेको ज्यान जाँदा पनि सकरकारले ध्यान नदिएको उनले आरोप लगाए । उनले भने, ‘ सरकारको कर्तव्य हो र दायित्य हो । सरकार भनेको राज्य हो । राज्यले गरेन भने हामी पार्टीले के गर्ने ? ’
भारतलाई गाली होइन्, कुरा गर्नुहोस्
देउवाले भारतका कारण नेपालका भू—भाग डुबानमा परेको भन्दै गाली गर्नुभन्दा पनि कुटनीतिक तवरबाट कुरा गरेर समस्या समाधान गर्नुपर्ने बताए । ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भएको छ । भारतले नेपाललाई, नेपालले भारतलाई दोष दिने, कति कतिदिनसम्म चल्छ यो । कुटनीतिक तवरबाट कुरा गर्नुपर्छ’ देउवाले भने ।

‘यो गाली गरेर समस्या समाधान हुने वाला छैन् । स्थायी समाधान खोजिएन भने केही हुँदैन् ।’ भन्दै देउवाले कोशी व्यारेज निर्माण भएदेखि नै त्यसको साइडमा केहीले माछा, चिया पसल खोलेर व्यापार गरिरहेको भएपनि भारतीय सुरक्षाकर्मीले ती जनतालाई दुल्ख दिएको बताए ।

उनले भने, ‘त्यसका लागि पनि भारतसँग कुरा गर्नुपर्यो । त्यहाँका जनतालाई भारतीय सुरक्षाकर्मीले हटाउन खोजेको छ । त्यसका लागि पनि कुरा गर्नुपर्यो । बोर्डरका जनताको मतलब नै छैन् । के तिनीहरु नेपाली जनता होइनन् ?
देउवाले सरकारले छिटो समाधानका लागि पहन नगरे आफुहरुले कदम चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस