आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

AuthorAP Khabar२०७६ श्रावण १२, आईतबार (४ साल अघि) ४०० पाठक संख्या

श्रावन १२ काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा पार्टीको नयाँ विधानअनुसार सातै तहका समिति गठन गर्ने या महाधिवेशनको प्रक्रिया सुरु गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबारको बैठकमा संघीयताअनुसार तत्काल पार्टीका अन्तरिम संरचना बनाउने कि महाधिवेशनको प्रक्रिया सुरु गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यको मत बाझिएको थियो ।

महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिमा पेश गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूले अन्तरिम संरचनाभन्दा महाधिवेशनको प्रक्रिया सुरु गर्नका लागि कार्यतालिका नै घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले भने संघीय संरचना अनुसारको अन्तरिम संरचना गठन गरेपछि मात्रै १४औँ महाधिवेशनको प्रक्रिया थालनी गर्नुपर्ने मत राखेको छ ।

प्रतिक्रिया दिनुहोस