आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यान्सर रोग लागेको खबरपछि साहिदले मुख खोले

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ४६७ पाठक संख्या

काठमाडौं   , मंसिर २४ : डिजिटल दुनियाँमा मानिसका खबरहरु एकैछिनमा फैलन्छन् । झन्, सेलिब्रिटीको जीवनसँग जोडिएका खबर त निकै चाडो फैलन्छन् । ती खबरहरु साँचो हुन् या झुटो भनेर पत्याउन पनि गाह्रो हुन्छ । बलिउडका धेरै कलाकार यस्तै हल्लाका कारण कहिलेकाही तनावमा पनि आउने गरेका छन् ।

एक वेवसाइटले इरफान खान र सोनाली बेन्द्रेपछि बलिउडका चर्चित नायक साहिद कपुरलाई क्यान्सर भएको खबर प्रकाशित गरेको थियो । यो खबर सार्वजनिक भएसँगै साहिदका फ्यान त दुखी भए नै, अन्य मानिसहरु पनि अचम्मित भएका थिए ।

खबर आगो जसरी नै फैलियो । खबर फैलिएको केहि दिनपछि नायक कपुरले मुख खोलेका छन् । साहिदले ट्विट गर्दै भनेका छन्–‘साथीहरु म एकदमै ठिक छु । तपाइहरु यस्तो हल्लाको पछि नलाग्नु होला ।’ साहिदको यो ट्विटपछि उनका फ्यानहरुमा खुशी छाएको छ । तर, बलिउडका यी नायकको यो खबरले केहि दिन भने इन्टरनेटमा हंगामा नै मच्चाएको थियो ।

प्रतिक्रिया दिनुहोस