आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शालिमारको खोलियो , युनिटेकमा पून ः ताला बन्दी

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ९१३ पाठक संख्या

 बारा ,  मंसिर २४ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ र ३ का स्थानीयहरुले आईतवार शालिमार सिमेन्ट उद्योगमा लगाएको ताला खोलेका छन् , भने निरन्तर प्रदुषण फैलाई रहँने युनिटेक उद्योगमा तालाबन्दी यथावत राखेका छन् ।

विगत लामो समय देखि युनिटेक उद्योगका कारण हुँदै आएको प्रदुषण नियन्त्रण गर्न स्थानीयले पटक–पटक आग्रह गर्दा समेत उद्योग प्रशासनले अटेर गरे पछि समस्या समाधान नहुँदा सम्म सो उद्योगमा आउँदो सोमवार सम्मका लागि स्थानीयहरुले ताला बन्दि गरेका हुँन् । लामो समय देखि यस उद्योगको सिकार बन्दै आएका यहाँका नगरीकहरुले आफ्नों बाँच्ने अधिकारलाई सुनिश्चित गर्न पाउँनु पर्ने कुराका लागि आँफुहरुले यो आन्दोलन आगाडी बढाएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष क्यामुदिन अंसारीले बताए ।

उनले यस भन्दा पहिले पनि आफ्नों माँगको बारेमा भन्न आउँदा प्रहरी प्रशासन लगाएर लखेट्न लगाएको बताउँदै अब कुँनै पनि शक्तिले आँफुलाई पछाडी नपार्ने बताउँ छन् । स्थानीय निर्वाचन भएको एक वर्ष पुरा भएको र आँफुहरु निर्वाचित भएकै समयबाट यस उद्योगबाट निस्कँदै आएको प्रदुषण नियन्त्रण गर्न पटक–पटक पहल गर्दा समेत यस उद्योगले कँुनै किसिमको चाँसो नलिए पछि आँफुहरु बाध्य भएर उद्योगमा ताला बन्दि गर्नु परेको वडा अध्यक्ष अंसारीले जानकारी दिए ।

उनले क्लींकर उत्पादन गर्ने युनिटेक उद्योगको उद्योग सञ्चालनमा आए कै समय देखि यस भेगका जनताहरु पिडित रहेको बताए । उनले उद्योगबाट निश्कने धुवाँका कारण यहाँका स्थानीयहरु रोगी बन्दै गएको , बालबालिकालाई आँखा र स्वाँशप्रस्वाश सम्बन्धि समस्या हुँने गर्नुका साथै खेती योग्य जग्गा समेत बाझो बन्दै गएको प्रती आँफुहरु चिन्तीत बनेको बताए ।

युनिटेक र शालिमार सिमेन्टले फाल्दै आएको धुवाँका कारण यस भेगका हजारौं जनता पिडित भएका छन् । भने यस भेगका सयौं विग्हा खेती योग्य जमिन समेत बाँझो बनेको स्थानीयहरुले गुनाँसो गरेको छन् । यता युनिटेक उद्योगका प्रशासकिय अधिकृत बिजय कुमार कर्णले आँफूहरुको उद्योगले कुँनै प्रकारको पनि प्रदुषण नगरेको बताएका छन् । यस उद्योगले पहिला–पहिला प्रदुषण फैलाईरहेको सुईकार्य गर्दै प्रशासकिय अधिकृत कर्णले अहिले आँफूहरुले प्रदुषण नियन्त्रणका गर्न लागि परेको बताए । प्रदुषण नियन्त्रणका लागि पहिलो पटक सो उद्योगमा चाईनिज प्लान्ट लगाउँन साथ प्रदुषण नियन्त्रण गरिएको ठोकुवा गर्छन् ।

यता प्रशासकिय अधिकृत कर्णले प्रदुषण नियन्त्रण गरिएको दाबी गरि रहँदा सो उद्योग आस–पास हेर्दा दैनिक जसो घरआँगनमा दुलो जम्मा हुँने गरेको , वायू प्रदुषण हुँने गरेको , स्थास्थ्य तथा खेती किसानीहरुमा समेत प्रत्यक्ष असर पु¥याउँने गरेको स्थानीयहरुले गुनाँसो गरेका छन् । आउँदो सोमवार सम्मका लागि प्रदुषण न्यूनिकरणका लागि अल्टिमेटक लिईएको बताउँदै वडा अध्यक्ष अंसारीले युनिटेक तथा शालिमार सिमेन्टका सञ्चालक अशोक बैद्य काम विषेशले भारत गएको हुँदा उनी फर्किए पछि वार्ता गर्ने सहमतीमा शालिमार सिमेन्ट उद्योगमा लागाईएको तालालाई खोलेर युनिटेकको मूल गेटमा पुन ः ताला बन्दी गरिएको बताए ।

उद्योग सञ्चालक बैद्य वार्तामा नआए सम्म युनिटेक उद्योगलाई पूर्ण रुपा बन्द राख्ने सहमती भएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस