आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीमा छोराले चिर्पट प्रहार गरि आफ्नै बुवाको गरे हत्या

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) ३९९ पाठक संख्या

श्रावण १३

काठमाडौं । कैलालीमा एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्।

गोदावरी नगरपालिका-५, बर्बाटामा गए राति करिब सवा ९ बजेको समयमा चिर्पटले हानेर ३० वर्षीय छोरा रामसिंह कुमालले आफ्नै बुवा ६० वर्षीय अम्मरसिंह कुमालको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रातिको समयमा सामान्य घरायसी विवाद भएपछि छोराले बुवा अम्मरसिंहमाथि चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंह कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्‍याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो।
घटनापछि घरबाट भागेका रामसिंहलाई गोदावरी नगरपालिका-१, धनगढी रोडको सब्जीमन्डी नजिकै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस