आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ्य कार्यालय म्याग्दीका चारजना कर्मचारी घुस रकमसहित पक्राउ

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) ६९५ पाठक संख्या

श्रावन १३ म्याग्दी ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्यसंगै ४ कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कार्यालय प्रमुख आचार्य, स्टोरकिपर९अधिकृत छैठौं रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी छन् ।

गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम बापतको पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । कर्मचारीले दिएको सूचनाको आधारमा पोखराबाट गएको टोलीले पक्राउ गरेको जनाइएको छ । घुस रकमसहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मुचुल्का गरी कार्यालय प्रमुख आचार्य सहितको टोलीलाई थप अनुसन्धानका लागि क्षत्रीय कार्यालय पोखरा लगिएको छ ।

अख्यितारको टोलीले केही महिना अगाडि डिभिजन बन कार्यालयका सहायक बनअधिकृत राजकुमार ठाकुरलाई समेत पक्राउ गरेको थियो । म्याग्दीका सरकारी कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो आइरहेको अवस्थामा अख्यिारको टोली सक्रिय भएको छ ।

प्रतिक्रिया दिनुहोस