आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसदमा काँग्रेस र राजपाको नाराबाजी

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) २६१ पाठक संख्या

२०७६ श्रावण १३
काठमाडौं,

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् । विरोधका बीच सभामुख कृष्णबहादुर महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस