आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीको अत्तरियावाट चितुवाको छालासहित दुई जना पक्राउ

AuthorAP Khabar२०७६ श्रावण १४, मंगलबार (४ साल अघि) ३५३ पाठक संख्या

१४ साउन, कैलाली । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियावाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीमा खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका वडा नं ४ बाट चितुवाको दुई थान छालासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिकाका २३ बर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट रहेका छन् । उनीहरुलाई चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

घटना बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस