आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

AuthorAP Khabar२०७६ श्रावण १४, मंगलबार (४ साल अघि) ४६० पाठक संख्या

श्रावण १४

काठमाडौं,
आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल राउण्ड रोविन पद्धतीमा हुनेछ भने शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र भारतबीचको खेल अगस्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगस्ट २७ र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ मा खेल्नेछ ।

अघिल्लो वर्ष साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो भने बंगलादेश विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस