आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिस आज

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ४९५ पाठक संख्या

काठमाडौं ,  मंसिर २५ :  प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । पटक–पटक स्थगित हुदै आएको बैठकले आज भने प्रधानन्यायाधीश सिफारिस र संवैधानिक निकायका पदाधिकारी रिक्तताबारे निर्णय गर्नेछ ।

प्रधानन्यायाधीश सिफारिसका लागि न्याय परिषद् सचिवालयले यसअघि नै वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमशेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । जोशीलाई यसअघि संवैधानिक परिषद्ले स्विकृत गरे पनि संसदीय सुनुवाई समितिले अस्विकृत गरेको थियो ।

अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । बैठकले विभिन्न आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । यसअघि बसेको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तता र न्याय परिषद्ले गरेको सिफारिसबारे थप अध्ययन गर्नुपर्ने भन्दै स्थगित भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस