आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज र भोली प्रदेश २ मा सार्वजनिक बिदा

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ३९५ पाठक संख्या

धनुषा,  मंसिर २५ :  विवाह पञ्चमीका अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आज र भोली सार्वजनिक बिदा दिने  प्रदेश सरकारले निर्णय गरेकोे छ ।

प्रदेश सरकारले विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै  बिदा दिएको हो ।  सरकारले विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान  गरेको छ ।  हजारौँ भारतीय विवाहपञ्चमीमा सहभागी हुन  जनकपुर आएका छन् ।

जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवमा सोमबार राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ । उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस