आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महावाणिज्य दूतावास वीरगञ्ज कार्यालयको नामबाट नक्कली परमिट बनाउने पक्राउ

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ६०५ पाठक संख्या

बीरगञ्ज, साउन १६ गते— भारतको महावाणिज्य दूतावास वीरगञ्ज कार्यालयको नामबाट परमिट र नगदी रसिद बनाएर कारोबार गर्ने एकजना पक्राउ परेकोछ ।

ना.३ ख ९५८६ नम्बरका बस चालक विनोद कुमार चौधरीलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ ।धनुषा जिल्लाको बेंगाशिवपुर ४ बस्ने चौधरीलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सर्लाही जिल्लाको धनगढा ८ बस्ने रोशन कुमार अधिकारीको नाउँमा दर्ता रहेको सन् २००९ मोडेलको टाटाबसको महावाणिज्य दूतावास वीरगञ्जले जारी गरेको परमिटको म्याद सन् २०१८ को जुलाई ३० तारेखमा समाप्त भएको हो ।

तर त्यसपछि नक्कली परमिट र नगदी रसिद बनाएर प्रयोगगर्दै आएको खुलेको वाणिज्य दूतावासले जनाएको छ ।

वाणिज्य दूतावास कार्यालयले घटनाको गंभीरतापूर्वक अनुसन्धान गरी अन्यहरुको संलग्नताबारे समेत छानविन गर्न आग्रह गरेको छ । नक्कली परमिट र नक्कली रसिद फेला परेपछि अन्य प्रयोगकर्ताहरुपनि हुन सक्ने संभावना बढेकोछ ।

प्रतिक्रिया दिनुहोस