आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यो पटक नेपालमा साग खेलकुद भएरै छाडछ :

AuthorAP Khabar२०७६ श्रावण १७, शुक्रबार (४ साल अघि) ४६९ पाठक संख्या

हेटौँडा, साउन १७ :राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले आगामी डिसेम्वरमा नेपालमा साग खेलकुद भएरै छाडने बताएका छन् ।
आज हेटौँडामा मदन भण्डारी स्र्पोट्स एकेडेमीले गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त सदस्य सचिव सिलवालले साग खेलको लागि नेपालमा तिब्र गतिमा कार्य प्रारम्भ भैसकेको र आगामी कार्तिक १५ गतेसम्म सबै काम पुरा हुने दाबी गरे ।

कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले सन १९९९ पछि नेपालले आयोजना गर्न लागेको सागलाई नेपालको गौरबको रुपमा सफल बनाएर देखाउने आफ्नो जिम्मेवारी भएको बताए ।
नेपालमा अहिले तीन तहको सरकार रहेको बताउँदै उनले सबै सरकारहरुको समन्वयमा खेलकुद विकासको लागि काम गर्नु पर्ने बताए । खेलकुदको विकासको लागि सरकारले छुटएको बजेट फुटबल खेलाडीहरु मेसी र रोनाल्डोको एक वर्षको तलब भन्दा कम भएको भन्दै उनले यहि बजेटबाट पनि काम गर्न सकिने बताए ।

मदन भण्डारी स्र्पोट्स एकेडेमीका सस्थापक अध्यक्ष समेत रहेका सिलवालले खेल क्षेत्रको विकासको लागि एकेडेमीले थप कार्यक्रमहरु तथा गतिविधिहरु गर्नुपर्ने बताए ।

मदन भण्डारी स्र्पोट्स एकेडेमीका मकवानपुर अध्यक्ष निरजसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला समन्वय समितिका सदस्य देबराज रिमाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख राजन दाहाल लगाएतको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस