आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चलचित्र ‘सुश्री सम्पत्ति’ को विदेशमा उच्च माग

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ५३८ पाठक संख्या

काठमाडाैं , मंसिर २५ : पछिल्लो समय निर्माण भएका चलचित्रहरु नेपालसँगै विदेशमा पनि बाक्लै संख्यामा प्रदर्शन हुने गरेका छन् ।

यसअघि चलचित्र इन्टु मिन्टु लण्डनमा, छक्का पञ्जा–३ लगायतका चलचित्रहरुले विभिन्न देशहरुमा सफल प्रदर्शन गरिसकेका छन् ।

चलचित्र छक्का पञ्जा ३ ले त अमेरिका अष्ट्रलिया, जापानलगायतका देशहरुमा रेकर्ड नै राख्न सफल भएको थियो ।

यस्तै यसै साताबाट प्रदर्शनमा आएको चलचित्र प्रसादलाई पनि विभिन्न देशबाट प्रर्दशनको लागि धेरै माग आइरहेको छ । यस्तै यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो ‘सुश्री सम्पत्ति’। यो चलचित्र कमेडी विधामा निर्माण गरिएको छ । ‘सुश्री सम्पत्ति’का लागि पनि विदेशमा डिमान्ड बढ्न थालेको छ ।

चलचित्रमा समावेश उत्कृष्ट गीतसंगीतलाई दर्शकको सकारात्मक टिप्पणी आइरहेकाल पनि चलचित्रको अन्तरराष्ट्रिय डिमाण्ड बढेको बताइएको छ ।
नेपालमा प्रदर्शन हुनअगाडि नै जापान, दक्षिण कोरिया र युरोपमा चलचित्र बिक्री भइसकेको निर्माता रमेश त्वायनाको दावी छ ।

अन्य देशमा पनि चलचित्रको प्रदर्शनका लागि कुरा भइरहेको निर्माता त्वायनाले बताए । नेपाल रिलिजको केही दिनमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

चलचित्र सुव्रत आचार्यको निर्देशनमा तयार भएको हो । उनको यो दोश्रो चलचित्र निर्देशन हो यसअघि उनले नेपाली चलचित्र अधकट्टि निर्देशन गरेका थिए । अधकट्टि अपेक्षा गरिए अनुसार चल्न सकेन तर चलचित्र ‘सुश्री सम्पत्ति’लाई भने दर्शकले माया गर्नेमा आफू ढुक्क रहेको निर्देशक आचार्यको भनाइ छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आचार्य आफैंले लेखेका हुन् । चलचित्रको सम्पादन भरत रेग्मीले गरेका छन् ।

चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ भने नायिका प्रियंका कार्कीलाइ पनि विशेष भूमिकामा देख्न सकिने छ ।

उज्यालो

प्रतिक्रिया दिनुहोस