आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप छनोट : नेपाल र अस्ट्रेलियाबीच क्यानबेरामा खेल हुने

AuthorAP Khabar२०७६ श्रावण १७, शुक्रबार (४ साल अघि) ५९६ पाठक संख्या

काठमाडौं, साउन १७: सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले अस्ट्रेलियासँगको अवे खेल क्यानबेरामा खेल्ने भएको छ।

अस्ट्रेलिया फुटबलले शुक्रबार जनाएअनुसार नेपाल र अस्ट्रेलियाबीच जिआइओ रंगशालामा खेल हुनेछ। असोज २३ (अक्टोबर १०) हुने खेल त्यहाँको समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। विश्वकप छनोटमा नेपालको यो तेस्रो अवे खेल हुनेछ।

त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग अवे खेल खेल्न तयारी गरिरहेको छ। दशरथ रंगशाला समयै निर्माण नहुँदा नेपालले होम म्याचलाई अवेको रुपमा खेल्न लागेको छ। अस्ट्रेलियासँग खेल्ने लगत्तै नेपालले असोज २८ मा अर्को अवे जोर्डनविरुद्ध खेल्नेछ।

नेपालका लागि अस्ट्रेलिया नयाँ प्रतिद्वन्द्वी हो। पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियन हो।

फिफा विश्वकप तेस्रो चरण विश्वकप छनोटको तेस्रो चरणमा पुग्न दोस्रो चरणको छनोट समूहमा कम्तिमा दोस्रो हुनु पर्नेछ।

समूहका ८ विजेता र उत्कृष्ट उपविजेता ४ टिम गरी १२ टिम तेस्रो चरणमा पुग्नेछन्। १२ टिमलाई २ समूहमा विभाजन गरिनेछन्। दुवै समूहका शीर्ष २-२ टिम गरी ४ टिम विश्वकप २०२२ मा पुग्नेछन्। दुवै समूहमा तेस्रो हुने टिमबीच प्ले अफ हुनेछ। विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। अन्तरमहादेशिय खेल जित्ने टिम विश्वकपमा पुग्नेछ।

एसिया कप २०२३ दोस्रो चरण छनोटको समूहका शीर्ष हुने ८ टिम सिधैं एसिया कप २०२३ पुग्नेछन्। दोस्रो चरणको समूहको दोस्रो भएका उत्कृष्ट चार टिम पनि सिधैं एसिया कपमा पुग्नेछन्।

यस्तै चीन आयोजकको रुपमा एसिया कपमा पुगिससकेका छ। २४ देशबीच हुने एसिया कपका लागि बाँकी ११ टिमका तेस्रो चरणको छनोट हुनेछ।

एसिया कप तेस्रो चरण दोस्रो चरणबाट एसिया कपमा छनोट हुन नसकेका समूहमा दोस्रो भएका ४ टिम एसियाको तेस्रो चरणमा पुग्नेछन्। यस्तै तेस्रो भएका ८ टिम पनि सिधैं तेस्रो चरणमा पुग्नेछन्। चौथो र पाँचौ भएकाले टिमले भने प्लेअफ खेलेर तेस्रो चरणमा स्थान बनाउने सक्नेछन्।सेतोपाती समाचार:

प्रतिक्रिया दिनुहोस