आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गरिबको खरको छना हटाउन पालिकाले जस्तापाता वितरण

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ५२२ पाठक संख्या

 प्युठान, मंसिर २५ : गौमुखि गाउपालिकाले गरिबको खरको छाना हटाउन जस्तापाता वितरण गर्ने कार्य सुरुवात गरेको छ । गाउपालिकाले खरको छाना भएका गरिव घरपरिवारहरुको तथ्यांक संकलन गरी उनिहरुलाइ जस्तापाता वितरण गर्न लागिएको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन ।

गाँउपालीकाको सबै वडामा रहेका १ हजार ६ सय ३३ गरिब घरपरिवारको खरको छाना भएको गाउपालिकाले जानकारी गराएको छ । पहिचान गरिएका सबै गरिब घर परिवारलाई खरको छाना हटाउनको लागी ५ हजार ५ सय ५४ वण्डल जस्तापाता वितरण गर्न लागिएको हो । गाउंपालीकाले आ ब ०७५/०७६ मा ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैया रकम विनियोजन गरेको छ । कार्यविधि निर्माण गरि गांउपालीकामा प्राबिधिक लागत अनुमान तयार गरेर सोही अनुसार खरिद गरि जस्तापाता वितरण गर्न लागिएको गांउपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिए । उक्त कार्यविधिमा खरको छाना भएपनि स्थायि जागिर, पेन्सन र आर्थिक अवस्था सम्पन्न भएका परिवारहरुलाई जस्तापाता उपलब्ध गराउन नमिल्ने कार्यविधिमा उल्लेख छ ।

बिपन्न परिवारले जस्तापाता प्राप्त गर्नको लागी घरको आबश्यक पुर्वाधार तयार गरेपछी मात्र जस्तापाता वितरण गर्नेगरी तयारी अगाडि वढाईएको प्रशासकिय अधिकृत अर्यालले वताए । सोमवार गौमुखि गाउपालीका ३ रजवारावाट यो अभियानको सुरुवात गरिएको छ । घर छाउन तयार पारेका तिला मल्ल र कुल वहादुर मल्ललाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको हो । गाउपालिकाबाट जस्तापाता पाएपछि स्थानीय कुल बहादुर मल्लले खुशी ब्यक्त गर्दै भने “गरिबको समस्या बुझ्ने सरकार गाउमै पायौ” जस्तापाता लगाएपछि बर्सेनि छानो छाउने झन्झट हटेने परिवारको जोखिम र पानी चुहिने समस्यावाट मुक्त हुने आसा रहेकोले गाँउपालीकालाई धन्यवाद दिदै भाबी दिनहरुमा पनि गरिवमुखी काम गरेर गरिवलाइ खुशी पार्न सुझाएका छन

। टिन पाउंदा अत्यन्तै खुसि छु, सरकार घरमै आयजस्तो भएको छ । मल्लले भने, –‘मजस्ता अरु सबै गरिव घरपरिवारले यो सुुुुबिधा पाउन भन्ने मेरो आसा छ ।’ गौमुखी गाउपालिका ३ रजवारामा मात्रै ५ सय ५ घरधुरीले टिन पाउनेछन् । जसका लागि घर छाउन तयार पारेर वडाकार्यालयमा निवेदन दिनुपर्ने गाउपालिकाले जानकारी दिएको छ । गाउपालिका भित्र रहेका विभिन्न विकास निर्माणका कार्यहरु थाति राखेर गरिब जनताको घरलाई खरको छानोमुक्त वनाउने अभियान सुरुवात गरिएको गाउंपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले वताए ।

चुनाबको बेला हामिले जनतालाई दिएको आश्वासन अनुसार काम गर्दै जाने उनले बताए । गाउको समृद्धिको लागि सबभन्दा पहिले गरिब लाई उनिहरुको जिवनस्तरमा सुधार ल्याउनु पर्छ अध्यक्ष गिरीले भने उनिहरुको जीवनस्तर स्तरोन्नति नगरे सम्म गाउमा समृद्ध आउन नसक्ने बताए । समाजको शाझा दुस्मन भनेकै गरिवि हो त्यसैले धनी र गरिबलाई समानतामा नल्याउदा सम्म अर्थपूर्ण बिकास नहुने भन्दै हामीले गरिब मुखी आभिया शुरूवात गरिएको उनको भनाइ छ । उनी थप्छन गरिव जनताको आसु पुछ्न र जनताको दैलोमा सरकार आएको महसुस गराउन हामिले अन्य काम छोडेर गरिव जनताको घर छाउने कार्यक्रमलाई अगाडि वढाएका हौं । गाउंपालीका अध्यक्ष गिरीले भने,–‘हामिले यो कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न विकास योजनाहरुको कटौति गर्नुपरेको छ ।

’ कार्यक्रमले जनसमुदायमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास लिएका छन । गौमुखि गाउंपालीका वडा नं ३ का वडाअध्यक्ष जंग वहादुर पुनले स्थानिय सरकारको यस्तो गरिब मुखी कार्यक्रमले गरिव परिवारमा खुसी ल्याउने वताए । गरिब परिवारलाई जस्तापाता बितरण कार्यक्रममा स्थानीय सरकाले आफुहरुलाई जस्तापाता वितरण गरेकोमा खुसी भएको भन्दै अब स्थानीयको मुख्य समस्याको रुपमा रहेको विद्युत, सडक, शिक्षा, स्वास्थ्य र खानेपानिको समाधानको पहल गरिदिन स्थानिय सरकारलाई आग्रह गरेका छन् । मुख्य समस्याको रुपमा सडक रहेकोले यसतर्फ छिटै पहल कदमी चाल्न स्थानीयले गाउपालिकालाइ ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया दिनुहोस