आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा एकदिने निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र १५, शुक्रबार (५ साल अघि) ४८३ पाठक संख्या

जीतपुर, ९ भाद्र : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जितपुरमा शनिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सहयात्री यूवा क्लब जीतपुरको आयोजनामा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा १६० जनाले आँखा परिक्षण गराएका थिए । आँखा परिक्षण गराउने मध्ये ५६ जनामा मोतिया बिन्दु देखा परेको यूवा क्लबका सचिव सुदर्शन काफ्लेले जानकारी दिनुभएको छ ।
रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानिपुरको सहयोगमा सम्पन्न सो कार्यक्रममा डाक्टरले उपस्थित भएका मध्ये सबै भन्दा बृद्वको नेत्र चेकजाँच गरेर शिविरको उद्घाटन गर्नुभएको थियो ।
शिविरमा सहभागि मध्ये मोतिया बिन्दु भएकाहरुलाई रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानिपुरमा निशुल्क लेन्स सहितको उपचार गरीने क्लबका सचिव एवम अस्पतालका नेत्र सहायक काफ्लेले जानकारी दिनुभएको छ । अन्य समान्य समस्या भएकाहरुलाई निशुल्क औषधी समेत वितरण गरीएको थियो ।
कलबका अध्यक्ष उद्वव ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष क्यामुदिन अंसारी, ७ का वडा सदस्य दुर्गा रिजाल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस