आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल आइडलकी अस्मिताले रिजाललाई ‘ए कान्छा’ भनेपछि…

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ८१० पाठक संख्या

काठमाडौं  , मंसिर २५ :  नेपाल आइडलको टप चारमा पर्न सफल झापाकी अस्मिता अधिकारी र वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजालले एउटै स्टेजमा सँगै गीत गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले सँगै गीत गाएका हुन ।

‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ’ नामक गीत दुवैले गाएका हुन । जुन गीत नर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रम डा. रिजाल र अधिकारीले स्टेजमा सँगै गाएका थिए । रिजालले मङ्गलवार स्वागत कार्यक्रममा भने, ‘अस्मिता र मैले कलेजकै कार्यक्रममा सँगै गाएको गीत छ । जुन गीत आज पनि सँगै गाउँने छौँ ।’

डा. रिजालले अस्मिता अधिकारी कला र गलाले भरिपूर्ण भएको बताएका  छन । ‘अस्मिता कुनै चानचुने गायक हैन रिजालले भने,  नेपालको नम्बर वान गायीका हो । अस्मिता नर्स मात्रै हैन । नेपाल मेडिकल कलेजको सदस्य पनि हो । उसलाई नेपाल आइडल बनाउनु हाम्रो कर्तव्य हो। ‘

कार्यक्रममा नेपाल आइडलको टप चार मा पुग्न सफल अधिकारीले आफ्नो नर्सिङ पेसालाई नछाड्ने बताईन । मेरो सानै देखिको चाहना नर्स र गायीका बन्ने थियो । आज दुवै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँग सँगै अगाडी बढाउने छु ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस