आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कमलपोखरी अतिक्रमण गरेर व्यापारिक कम्प्लेक्स बनाइएको विरोधमा प्रदर्शन

AuthorAP Khabar२०७६ श्रावण १९, आईतबार (४ साल अघि) ३१७ पाठक संख्या

काठमाडौं, साउन, १९ : काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीय प्रदर्शन गरेका छन् ।

भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।नेवाः राजनीतिक अभियानले आज इन्द्रचोकबाट निकालेको विरोध र्‍याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरे ।

उनीहरुले स्थानीयका मागका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए ।र्‍याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति जनाए ।इमेजखबर :

प्रतिक्रिया दिनुहोस