आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छोरीको हत्यारालाई कारवाही गर्न माग

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ८३७ पाठक संख्या

 बारा मंसिर २५ : बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने रामशरण प्रसाद यादवले २२ बर्षिया छोरी किरण देवीको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।
चार बर्ष अगाडी सुर्वण गाउँपालिका वडा नम्बर ६ मझरिया टोलमा हिन्दु परम्परा अनुसार शम्भु यादवको छोरा बर्ष २६ का राकेश यादवसँग बिबाह गरेको भएपनि थप दाईजो ल्याउनका लागि पटक पटक छोरी किरणलाई कुटपिटगरी यातना दिदै आएको कलैयामा मंगलवार पत्रकार सम्मेलनमा रामशरणले बताउनुभयो ।

छोरीको ससुराली मझरियामा कार्तिक ३० गते ज्वाँई, सम्धीसम्धिनि लगायतका आफ्न्तहरु मिली निर्घात कुटपितगरी हत्या गरेको पत्रकार सम्मेलनमा यादवले दाबी गर्नुभयो । छोरीको हत्यालाई ढाकछोप गर्नका लागि मृत्त शरिरलाई सन्चो नभएको भनी उपचार गराउन एम्बुलेसमा कलैया अस्पतालमा ल्याउदै गर्दा ज्वाँई राकेश बिच बाटोबाट फरार भएको थियो ।

कलैया अस्पतालमा आउदा छोरीलाई चिकित्सकले मृत्त घोषित गरेपछि केही घण्टा अघि नै मृत्यु भैई सकेको थाहापाए पछि, यो घटना रहस्यमय रहेको यादवले जानकारी दिनुभयो । हत्या आरोपमा संलग्न रहेका ज्वाँई पक्षघर शम्भु यादव, ज्वाँई राकेश यादव, मेघिया यादव, गजान्नद यादवलाई पक्राउगरी न्यायिक दिलाउन सबैलाई पक्षलाई पत्रकार सम्मेलन मार्फत पिडित पक्षले आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयमा मंसिर १ गते किटानी जाहेरी दिदा समेत आरोपितहरु मध्ये किरणका सासु रजिया देवी यादवलाई पक्राउगरी २४ दिन हिरासतमा राखे पनि सधारण तारेखमा रिहा भएपछि आफुहरु अझ सशंकिक्त बनाएको र न्यायिक पाउन आशा निरासामा बनेको यादवले दुखेसो पोख्नुभयो । आरोपितहरु अहिलेसम्म सबै फरार रहेको हुदा उनीहरुलाई पक्राउगरी कारवाही गर्न यादवले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस