आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मालपोत कार्यालयका दु्ई कर्मचारी घुससहित पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २०, सोमबार (४ साल अघि) २४९ पाठक संख्या

साउन, २० : मालपोत कार्यालय टीकापुरका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुरका नायब सुब्बा  सिंहबहादुर कुवँर र खरिदार नरराज पाण्डे आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनीहरुलाई लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थीत नगरबाट आइतबार साँझ पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा उनीहरुलाई अख्तियारका अर्जुन सिंह साउँदको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोज कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको नियन्त्रणमा राखिएको उनले बताए ।

नया पत्रिका :

प्रतिक्रिया दिनुहोस