आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भीरबाट लडेर मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २६, बुधबार (५ साल अघि) ४३९ पाठक संख्या

इलाम   , मंसिर २६  :  रोङ गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । पानीको पाइप बनाउने क्रममा भीरबाट लडेर रोङ –६ सलकपुरका ५४ वर्षीय प्रेम योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सलकपुर खानेपानी तथा सरसफाई योजना समितिका कर्मचारी योन्जनको दिउँसो पानीको पाइप बनाएर फर्कने क्रममा लडेर ज्यान गएको हो ।

फर्कने क्रममा धजे सलकपुर खण्डको तारे भीरबाट सय मिटर तल खसेको अवस्थामा भेटिएका थिए । उनको शव पोष्टमार्टमका लागि झापा सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस