आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशै भर धुमधामकासाथ मनाइयो रक्षा बन्धन

AuthorAP Khabar२०७५ भाद्र १५, शुक्रबार (५ साल अघि) ५७८ पाठक संख्या

भाद्र, १० : रक्षा बन्धन अर्थात जनै पुर्णीमा आईतवार तराइका साथै देशै भर धुमधामकासाथ मनाइएको छ । देशभरका हिन्दुहरुले यस दिन रक्षा बन्धन अर्थात जनै बाधेर यो पर्व मनाएका हुन् ।
यस दिन तराइका दिदि÷बहिनीले आफ्ना दाजुभाइको शु–स्वास्थ्यको कामना गर्दै हातमा रक्षा अर्थात राखि बाधेर यो पर्व मनाएका छन् भने देशै भरीका हिन्दु धर्म मान्नेहरुले आफ्ना ब्राहमण पुरोहीतबाट हातको नाडीमा रक्षा बाधेर यो पर्व खुसियालीका साथ मनाएका छन् ।
हिन्दु परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा ताप सञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा आजको दिनलाई गुन्हुपुन्ही भनी मनाइने परम्परापनि छ ।
हिन्दु दर्शनका अनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल ।।
अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेर अत्यन्तमा बलवान दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित रहिआएको छ ।
यो दिनमा लगाइएको जनै तिहारको लक्ष्मिपुजाको दिन फुकालेर गाइको पुच्छरमा बाधेमा मृत्यु पछि वैतरणी पुगीन्छ भन्ने विश्वास स्वरुप जनै लाउनेहरुले ऋषिहरुको सम्झनामा नजिकको धारा खोला जलासयमा माटो ,गोबर ,कुश, खरानी र अपमार्गले स्नान गरी विषेश मन्त्रद्धावारा मन्त्रियको जनै लागाउने र आफ्ना ब्राहमण पुरोहीतबाट हातको नाडीमा रक्षा बाध्ने चलन रहेको छ । यस दिनमा ऋषिहरुको सम्झनामा ऋषिहरुलाई तर्पण दिने चलन रहेकाले यस दिनलाइ ऋषि तर्पणी पनी भनिन्छ ।
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्व हो । यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । आत्माको शुद्धिकरण र शरीरको रक्षाको लागी भनेर जनै बाध्ने परम्परा अनुसार यो पर्व प्रत्येक वर्ष मनाउदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस