आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला मन्त्रालयका जिम्मेवारी सम्बन्धमा संसद्मा

AuthorAP Khabar२०७६ श्रावण २२, बुधबार (४ साल अघि) ४१३ पाठक संख्या

काठमाडौँ, साउन २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हँुदै गएको बताएकी छिन ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला मन्त्रालयका जिम्मेवारी सम्बन्धमा सांसदहरुले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले सङ्घीय संसद्मा ३१ दशमलव पाँच, प्रदेशसभामा ३४ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव पाँच प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गरिन। साथै उनले राज्यका अन्य निकायमा पनि संविधानअनुसार महिलाको प्रतिनिधित्व लागू हुँदै गएको अवगत गराइन ।

प्रतिक्रिया दिनुहोस