आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैंक र व्यापारीसँग ४२ करोड उठाएर सुन व्यापारी कुलेलम

AuthorAP Khabar२०७५ मंसिर २६, बुधबार (५ साल अघि) ४८३ पाठक संख्या

बिराटनगर  , मंसिर २६  :   डेढ दशक यता बिराटनगरमा सुनचाँदी पसल सञ्चालन गरिरहेका एक व्यक्ति करोडौं रुपैयाा उठाएर फरार भएका छन् ।

बिराटनगर महानगरपालिका-७ जलजला चोकमा ओम लक्ष्मी ज्वेलर्स सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोषकुमार बेगवानी बैंक र सर्वसाधरणको करोडौं रुपैयाँ उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।

तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीहरुको करिब १५ करोड रुपैयाँ ऋण लिएर बेगवानी भारततर्फ भागेको स्रोतले जानकारी दिएको छ ।

सर्बसाधारणको सुन धितो राखेर ऋणसमेत दिादै आएका सन्तोषले लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम बैंकबाट २७ करोडभन्दा बढी ऋण लिएको उनीसँग कारोवार गरिरहेका व्यक्तिहरु बताउँछन् ।

बेगवानीले लक्ष्मी बैंकबाट ८ करोड, ग्लोबल आइएमईबाट ३ करोड र प्राइमबाट करिब १६ करोड रुपैयाा ऋण लिएका थिए । त्यस्तै उनले सर्वसाधारण र व्यापारीहरुबाट १५ करोडभन्दा बढी रकम ऋण लिएका थिए ।

बिराटनगरमा स्वर्गीय जतनलाल बेगवानीले करिव ५० बर्ष अघिदेखि सुरु गरेको व्यापार छोरा सन्तोषले पनि गर्दै आएका थिए । जतनलालका तीन छोरामध्ये दुई छोराले भने बुबाले खोलेको महालक्ष्मी ज्वेलर्सका नाममा बिराटनगर-७ जलजला चोक र मेन रोडमा सञ्चालन गरिरहेका छन् । दाजुसँग छुटि्टएर सन्तोषले ओम लक्ष्मी ज्वेलर्स सञ्चालन गरेका थिए ।

चाँदीको बढी कारोवार गर्दै आएका बेगवानी चाँदीको बजार भाउ घटेपछि देश नै छाडेर भागेको बताइएको छ । बिराटनगरमा रहेको सम्पतीले बैंक र व्यक्तिको ऋण तिर्न नसक्ने भएपछि उनी भागेको स्रोतको भनाइ छ । चाँदी भारत लैजाने क्रममा केही समय पहिले रानीबाट प्रहरीले चाँदी समातेको थियो ।

५७ बषर्ीय शिशुका तीन छोरामध्ये कान्छा छोरा कुलदीपले बेङग्लोरमा व्यापार गर्दै आएका छन् । जेठा प्रदीपकुमार र माइला सन्दीप भने उनीसँगै बिराटनगरमा थिए ।

केही वर्षयता ऋणमा डुबेका सन्तोषले व्यपारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए । ‘पसलमा चाँदीका भाँडाबाहेक केही सामग्री थिएन ।’ स्रोतले भन्यो ‘सटर बन्द गरेर उनी परिवारसहित भारततिर लागेका छन् ।’

बिराटनगरका व्यापारीले करोडांै रुपैयाा लिएर भारत भागेको बिषयमा प्रहरीसम्म खबर पुगेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्रहरीलाई यस विषयमा कुनै जानकारी नआएको बताए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस