आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साम्राज्ञी, रेविका र पुष्पलले क्याटवाक गर्दै गरे ‘मारुनी’को घोषणा

AuthorAP Khabar२०७५ मंसिर २६, बुधबार (५ साल अघि) ५०० पाठक संख्या

काठमाडौं  , मंसिर २६  : अहिलेकी चलेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, चलचित्र ‘लिलिबिली’मा अनुवन्धित भएर पनि विशेष कारणले काम गर्न नसकेकी नायिका रेविका गुरुङ र नायक पुष्पल खड्काले मुख्य भूमिकामा काम गर्न लागेको चलचित्र ‘मारुनी’को औपचारिक घोषणा गरिएको छ ।

काठमाण्डौमा आयोजित एक भव्य कार्यक्रममा निर्मात्री पूनम गौतमको दोश्रो प्रस्तुतिमा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन माघको दोश्रो साताबाट हुँदैछ ।
कार्यक्रममा ¥याम्प शो गर्दै कलाकारलाई स्टेजमा उतारिएको थियो । चलचित्रको घोषणा कार्यक्रम यति भव्य कमै मात्र देखिन्छन् । चलचित्रका ३ कलाकारले ‘मा रु नी’ लेखिएको प्लेकार्ड बोक्दै र्याम्पमा उत्रिएका थिए ।

जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको यो ¥याम्प शोको सुरुवातमा ५ जना कुमार बाहुनहरुले स्वस्तिबाचन गरेका थिए । साथमा ८ जना मोडलले मारुनी पहिरनमा स्टेज नापेका थिए । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । भावानात्मक चलचित्र बनाउन नवल माहिर मानिन्छन् । यो चलचित्रले २ सुन्दर यूवतीको कथा भन्ने निर्देशक नवल नेपालले बताए ।

निर्मात्री पूनम गौतमले करिब ५ बर्ष लामो समय होमवर्क गरेर आफू दोश्रो चलचित्र निर्माणमा उत्रिएको जानकारी दिइन् । उनले यसअघि चलचित्र ‘अझै पनि’ निर्माण गरेकी थिइन् । चलचित्रमा नवल र गोविन्द फुयाँलको लेखन, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन रहनेछ । निर्देशक नेपालले यो चलचित्रको नामले कुनै नाचलाई प्रतिबिम्बित नगर्ने बताए ।

चलचित्रमा अजय पोखरेल र राजा प्रधानले निर्माणमा सहकार्य गरेका छन् । चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल, सौर्य अधिकारीको मुख्य भूमिका रहनेछ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस