आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लैनचौर पुगेर सुष्मालाई सम्झे कमल थापाल

AuthorAP Khabar२०७६ श्रावण २४, शुक्रबार (४ साल अघि) ४५२ पाठक संख्या

काठमाडौँ, साउन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय दुतावास पुगेर भारतका पूर्व परराष्ट्रमन्त्री स्व. सुष्मा स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।शुक्रबार बिहान लैनचौरस्थित दूतावास पुगेर अध्यक्ष थापाले भाजपाकी वरिष्ठ नेतृ एवम् पूर्व विदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस क्रममा अध्यक्ष थापाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश लेख्दै स्वर्गीय स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सुष्माको गत साउन २१ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।यसअघि साउन २२ गते एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवम् पूर्वविदेशमन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

‘नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो’ राप्रपा अध्यक्ष थापाले विज्ञप्तिमा भनेका थिए, ‘विगतको कठिन समयमा दुई देशबीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ ।’ उनले सुष्मा नेपालको असल मित्र र शुभेच्छुकसमेत रहेको उल्लेख गरेका थिए ।

यसैबीच अध्यक्ष थापा लैनचौरबाट सिधै धुलिखेलतर्फ लागेका छन् । राप्रपाको आजबाट धुलिखेलमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुन धुलिखेल गएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापाले उद्घाटन गर्ने प्रशिक्षणमा सैद्धान्तिक, वैचारिक विषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको विषयमा केन्द्रीत हुने राप्रपाले जनाएको छ । सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने उक्त कार्यक्रममा अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटी इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
रातोपाटी:

प्रतिक्रिया दिनुहोस