आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बल्तकार घटना लेनदेनमा मिलाप पत्र गराउँने ७ पक्राउ 

AuthorAP Khabar२०७६ श्रावण २४, शुक्रबार (४ साल अघि) ५७९ पाठक संख्या

लक्ष्मी तामाङ्ग
बारा , २४ साउन
माेरङकाे रंगेली नगरपालिका ९ मा असार २० गते भएको बलत्कारकाे घटनालाई गाउँ मैं मिलाउँने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ ।
हाम्रो समाजमा अहिले पनि जघन्य अपराध गर्ने अपराधीलाई पैसाको बलमा उन्मुक्ति दिने प्रचलन कायम नैं रहेको एक घटनाले साबित भएको छ । पछिल्लो पटक रङगेली नगरपालिका ९ स्थित सखुवाथानमा यस्तै घटना सार्वजनिक भएको थियो ।
घटना बिवरण अनुसार गत असार २० गते किशोरीलाई शारीरिक रूपमा अशक्त रहेकी छिन् । उनलाई स्थानीय ३ जना युवाहरूले मिलेर सामुहिक रुपमा करणी गरेर घटनामा पिडित परिवार जनले थाहा पाए पछि गाउँका ठुला ठुलाले बिपन्न परिवार कि ती किशोरीलाई पैसाको कागज गरि घटना मिलाउँन गाउँ मैं मिलापत्रकाे कागज भेटिएको थियोे ।
उक्त कागजमा साेहि स्थानका स्थानीयहरु मिलेेेर कागज समेत गरेका थिए । प्रहरीले उनिहरुकाे व्यापक खाेजि कार्य गरेर स्थानीय अभिनय बजगाई , दिलिप कुमार मुर्मु , सुभाष राजबंशी , राम बहादुर राजबंशी , हेमलाल राजबंशी , सेखर गाैतम र चित्र सेन राजबंशीलाई बिहीबार पक्राउ गरेको छ ।
उनीहरुलाई शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ । तर , कानुनको हात लामो हुँन्छ भने जस्तै घटनाका बारेमा समाजका सचेत नागरिकले प्रहरीमा ढिलै भए पनि जानकारी दिए , त्यस पछि रंगेली प्रहरीको कान ठाडो भयाे र तत्काल अाराेपिलाई कानुनी कठघरामा ल्याउँन प्रहरी सफल भएको छ ।
किशोरीलाई सामुहिक रूपमा जबर्जस्ती करणी गर्न रङेली ९ सखुवाथान बस्ने २५ बर्सिय रोमन मँगर , सोही ठाउँ बस्ने २४ वर्षिय प्रीन्स अधिकारीलाई पक्राउ गरि
अावश्यक कार्वाही समेत अगाडि बढाई सकेको छ ।
सामुहिक जवर जस्ति करणी काे मुद्दामा म्याद थपिएको र घटना मा थप समलग्न रहेका
गणेश प्रसाद दहाल , रेवत वहादुर काफ्ले र चेत बहादुर मँगर फरार रहेको र उनीहरुकाे पनि खाेजि कार्य भईरहेकाेे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहालले बताए ।

प्रतिक्रिया दिनुहोस