आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लिभरपुलको शानदार प्रदर्शन

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) ७३१ पाठक संख्या

काठमाडौं साउन,२५ : लिभरपुलले इंग्लिस पि्रमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ ।गएराति भएको खेलमा नर्विचलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न पुगे ।

१९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । खेलको ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल पहिलो हाफमै ४-० को अग्रता कायम गर्न सफल भयो ।

दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले सान्त्वना गोल गरे । पहिलो हाफमा नै लिभरपुलका गोलरक्षक एलिसन घाइते भएर मैदान छाडेको फाइदा नर्विचले उठाएको थियो ।

अनलाइनखबर;

प्रतिक्रिया दिनुहोस