आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालविकासका सहयोगि कार्यकर्तालाई शिक्षा प्रणलीमा ल्याउने शिक्षा मन्त्रि पोखरेलेको दाबी

AuthorAP Khabar२०७५ मंसिर २६, बुधबार (५ साल अघि) ७१६ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर २६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बालविकासका सहयोगि कार्यकर्तालाई शिक्षाको आठाँै संसोधनले शिक्षा प्रणलीमा ल्याउने निर्णय भएको र अब त्यसलाई कार्यन्वयन गर्ने कुरामा जोड दिनुभएको छ । बाराको सिमरामा संचारकर्मिसंगको कुराकानिमा उहाँले विद्यार्थीको जड भनेको बालविकास नै भएको बताउदै बालविकासका सहयोगि कार्यकर्तालाई शिक्षा प्रणलीमा ल्याउने जानकारी गराउनुभएको छ ।

उहाँले नेपालमा हिजोको दिनमा सामन्तबादलाई समापत पार्न स्वतः रुपमा स्थानियहरुद्धारा चन्दा संकलन गरेर, महायज्ञ लगाएर विद्यालय संचालनमा आएको र यसले मात्रात्मक विकास मात्र भएको बताउदै आब मात्रात्मक भन्दा गुणात्मक विकास गर्ने काम सरकारको प्राथमिक्तामा रहेको बताउनुभयो ।

शिक्षा मन्त्रि पोखरेलले अबको दुई वर्ष भित्रै मुलकलाई पूर्ण साक्षरता घोषणा गर्ने लक्ष्यका साथ सरकार अघि बढीरहेको समेत बताउनुभएको छ । उहाँले फागुन २ गते भित्र शिक्षा ऐन ल्याउने र अबको दुई वर्ष भित्र मुलुकलाई पूर्ण साक्षरता घोषणा गर्ने लक्ष्यका साथ सरकार अघि बढीरहेको बताउनुभएको हो ।

उहाँले ७ सय ५७ स्थानिय तह मध्ये आधि स्थानिय तहले सरकारको न्यूनतम लक्ष्य प्राप्त गरि सकेको र ४७ जिल्ला मध्ये ३० जिल्लालाई लक्षित साक्षरता अभियान तिब्र रुपमा अगाडी बढेको बताउनुभएको छ । उहाँले विश्व प्राविधिक विकासको कोणबाट चौथो चरणमा पुगेको यस समयमा विश्वको प्राविधिसंगै अगाडी बढन् ३ महिना भित्र विज्ञान र प्रविधि सम्बन्धि निती बनाउन डा. दिनेश भुजुको नेतृत्वमा एउटा टोली गठन गरीएको जानकारी दिनुभएको छ ।

यस वर्षको शिक्षा दिवसमा सार्वजनिक शिक्षा, प्राविधिक शिक्षा, विद्यार्थी अभियान, एउटा शैक्षिक संसथा एउटा बगैचा र बृहत हरियाली अभियान र उच्च शिक्षाको लक्ष्य ज्ञानमा आधारीत हुनुपर्ने पाँच ओटा योजना सार्वजनिक गरेको जानकारी दिदै उहाँले यस लक्ष्य प्राप्तिका लागि आफुले योजनाबद्ध रुपमा काम अगाडी बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस