आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवा ग्राही समस्यामा

AuthorAP Khabar२०७५ भाद्र १५, शुक्रबार (५ साल अघि) ५८५ पाठक संख्या

सिमरा, ११ भाद्र : नेपाल टेलिकम अन्तरगत जी.एस.एम.का प्रिपेड र पोष्पेडको नेटवर्कमा समस्या आएपछि बारा र पर्साका सेवाग्राहीहरु मर्कामा परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको विरगंज महानगरपालिकाका जनताहरु नेपाल टेलिकम अन्तरगत जी.एस.एम.का प्रिपेड र पोष्पेड सेवाको नेटवर्कका सस्याका कारण मर्कामा परेका हुन् ।
विगत एक महिनादेखि नेपाल टेलिकम अन्तरगत जी.एस.एम.का प्रिपेड र पोष्पेड मोवाईल प्रयोग कर्ताहरुको मोवाईलमा समस्या आएका स्थानिय सेवाग्राहीहरुले बताएका छन् । मोवाईलमा टावर देखाएपनि फोन गर्दा फोन नलाग्ने, कुरा गर्दा गर्दै बिचमा काटिने, नेटवर्क फेल लेख्ने जस्ता समस्या देखा परेको स्थानिय जीतेन्द्र साह सोनारले बताउनुभएको छ ।
विगत एक महिनाबाट देखिएको समयमा यस भेगका सेवा ग्राहिले अझै केहि दिन खेप्नुपर्ने नेपाल टेलिकम दुरसंचार कार्यलय सिमरा बाराका प्रमुख जयनारायण प्रसाद साहले जनाकारी दिनुभएको छ । उहांले टावर जडानका साथै त्यस सम्बन्धि सबै काम क्षेत्रीय कार्यलय विरगंजले हर्ने भएकोले क्षेत्रीय कार्यलयमा पटक पटक लिखित तथा मौखिक जानकारी गराएको बताउनुभयो ।
नेपाल टेलिकम दुरसंचार कार्यलय सिमरा बाराका प्रमुख साहले जीतपुरमा भएको विटिएस टावरको पुर्व पटि टावरलाई छेक्ने तिन तल्ले घर निर्माण भएकोले त्यस टावरको लिङ्क अर्का टावरसंग हुन नसकेकोले यस्तो समस्या आएको जानकारी दिनुभयो । आफुलाई जानकारी भएअनुसार अर्काे टावर निर्माण गर्न घर भाडामा लिने काम अन्तीम चरणमा पुगेको र अबको एक महिनामा नयाँ टावरबाट सेवा सुरुभएपछि समस्या समाधान हुने उहाँले जानकारी दिनुभयो ।
यो समस्या बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया, ६ नगौल, ७ जीतपुर, ८ लोसन्डा, ९ छातापिपरा र पर्साको विरगंज महानगरपालिकाका ३१ मिलन चोक र ३२ परसवा, टेढा, सोलकपुर लगाएतको क्षेत्रमा देखीएको छ् ।

प्रतिक्रिया दिनुहोस