आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं ,साउन २६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ ।केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको थियो ।

समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने नेताहरुले समझदारी गरेका छन् ।

नेतृत्व चयन भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने बताइएको छ आज दिउँसो बस्ने बैठकले अन्तरिम संरचना गठन निर्देशिका टुंगो लगाउने तयारीमा रहेको काँग्रेसले जनाएको छ ।अन्तरिम संरचना गठनको विषयमा विवाद भएपछि केन्द्री समितिको बैठक एक महिनादेखि प्रभावित हुँदै आएको छ ।इमेजखबर :

प्रतिक्रिया दिनुहोस