आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिकित्सक र औषधिको अभावमा सरकारी स्वास्थ्य केन्द्रमा बिरामी घटे

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) ५७० पाठक संख्या

नवलपुर साउन, २६ : पछिल्लो समय नवलपुरका सरकारी स्वास्थ्य केन्द्रहरुमा सेवाग्राहको संख्या घट्दै गएको छ ।अधिकांश सरकारी स्वास्थ्य केन्द्रमा चिकित्सक, कर्मचारी तथा औषधिको अभाव भएका कारण बिरामीको चाप घट्न थालेको हो ।

नवलपुरमा सरकारी स्वास्थ्य केन्द्रमा उचित सुविधा र छिटो छरितो रुपमा सेवा लिन नपाएपछि बिरामीको आकर्षण घट्न थालेको छ ।जिल्लाको देवचुली नगरपालिका केउरेनीमा रहेका दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा ४ हजारभन्दा बढि सेवा लिन आउनेको संख्या घटेका छन् ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य निरीक्षक छविलाल सुवेदीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २६ हजार ९ सय ४ जना बिरामीले सेवा लिएकामा आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ३ सय २२ जनाले मात्र सेवा लिएका छन् ।

दुम्कौली मात्र होइन जिल्लाको कावासोती १२ स्थित पिठौली स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ ।त्यसैगरी अन्य स्वास्थ्य केन्द्रको तथ्याङ्कले पनि सरकारी स्वास्थ्य केन्द्रमा उपचार र अन्य सेवा लिन आउनेको संख्या घटेको देखाएको छ ।

अहिले कर्मचारी समायोजनका कारण चिकित्सक र कर्मचारी तथा औषधि अभावका कारण स्वास्थ्य केन्द्रहरुले अपेक्षित सेवा दिन नसकेकाले सेवाग्राही घटेको शिव मन्दिर स्वास्थ्य चौकी कावासोतीकी चिकित्सक राधिका थापाको भनाइ छ ।

यता सरकारी स्वास्थ्य केन्द्रहरुमा उचित र आवश्यक सेवा लिन नपाएपछि आफुहरु महंगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य भएको सेवाग्राहीको गुनासो छस्वास्थ्यजस्तो संवेदनशील र अपरिहार्य क्षेत्र अव्यवस्थित हुनुहुँदैन । स्वास्थ्य क्षेत्रलाई गम्भीर रुपमा लिएर व्यवस्थित सर्वसुलभ र विकसित बनाउनु सरकारको दायित्व पनि हो ।

इमेजखबर:

प्रतिक्रिया दिनुहोस