आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतले पाकिस्तानलाई भन्यो, निर्णय पुनर्विचार गर

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) ३९० पाठक संख्या

काठमाडौं, साउन २३ : भारतले पाकिस्तानलाई नयाँ दिल्लीसँग कूटनीतिक सम्बन्ध सीमित र व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि खेद व्यक्त गर्दै पुनर्विचार गर्न आग्रह गरेको छ ।जे कारणले पाकिस्तानले यी कदम चालेको छ, त्यससँग वास्तविकता मेल नखाने पनि भारत सरकारको जिकिर छ ।

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७०को खारेजीपछि पाकिस्तानले पनि भारतसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने निर्णय गरेको थियो । भारतसँगको व्यपारिक सम्बन्ध तत्काललाई निलम्बन गर्ने निर्णय पनि पाकिस्तानले गरेको थियो ।

पाकिस्तानी कदमप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले, ‘पाकिस्तानले गरेको निर्णयप्रति भारत सरकार खेद व्यक्त गर्दछ । हामी पाकिस्तानलाई त्यो निर्णयमाथि पुनर्विचार गर्न अपिल गर्दछौँ ताकि कूटनीतिक सम्पर्कको सामान्य प्रवाह बचिरहोस्’ भनेको छ ।

जम्मू–कश्मीरको विकासका लागि भारत सरकारले धारा ३७० को खारेजी गरेको प्रष्टीकरण पनि दिएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा, ‘भारतीय संसद र सरकारको ताजा निर्णय जम्मू–कश्मीरलाई विकासको गतितर्फ डोराउने प्रतिबद्धताले लिएको हो । जसलाई पहिले एउटा अस्थायी संवैधानिक प्रावधानले रोकेको थियो’ भनिएको थियो ।

विकासका लागि गरिएको प्रयासलाई पाकिस्तानले नकारात्मक रुपमा लिनु दुःखपूर्ण छ भन्दै भारतले भारतले धारा ३७० को खारेजी आफ्नो आन्तरिक मामिला भएको र भारतीय संविधान सधैँ सम्प्रभूताको मामिला रहेको प्रष्ट्याएको छ ।

भारतले आफ्नो पछिल्लो कदम आन्तरिक मामिला भैरहेको बताउँदा संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले भने कश्मीरमा मानव अधिकार हनन भएको जनाएको छ । कश्मीरमा केही दिनदेखि सञ्चार सेवा बन्द गराइएको छ । कफ्र्यु लगाइएको छ भने केही स्थानीय नेता नजरबन्दमा छन् ।

इमेजखबर :

प्रतिक्रिया दिनुहोस