आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आरोपित पूर्वमन्त्रीकाे बयानमा ढिलाई

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) ५२७ पाठक संख्या

काठमाडौं, साउन २६ : राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले आइतबार फरक–फरक विषयका समाचारलाई प्राथमिकता दिएर छापेका छन्।

आइतबार जनता समाचार डटकम मा दुईको मृत्युपछि स्थानीयले जलाए तीन एक्साभेटर, जनसांस्कृतिक महासंघका महासचिव थपलिया पक्राउ, शिक्षामा प्रोत्साहनका लागि छात्रालाई साइकल वितरण, सहकारीले जीवनस्तर उकास्ने काम गर्नुपर्छ, अनिवार्य प्यान कार्यान्वयनमा समस्या, इन्धन ट्याङ्कर विष्फोटमा ६० को मृत्यु, ७० घाइते, गलाबाट सुनको सिक्री लुट्ने तिन पक्राउ, दश कार्यालयले गरे ८० प्रतिशतभन्दा कम बजेट खर्च लगायतका समाचार प्रकाशित भए।

राजधानी दैनिकले अख्तियारको बयान सुस्त, पूर्वमन्त्रीलाई बयानका लागि बोलाइएन शीर्षकको खबरलाई मुख्य समाचार बनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ। स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले १५ जनासँग मात्रै बयान लिएको छ। अख्तियारले पूर्वमन्त्रीहरू छविराज पन्त र डम्मर श्रेष्ठसँग पनि बयान लिएको स्रोतले जनाएको छ। तर अख्तियारले अन्य पूर्वमन्त्रीहरूसँग बयान लिन ढिलाई गरेको छ ।

कान्तिपुर दैनिकमा हदबन्दी बढीको जग्गा जफत गरिँदै तथा जम्मु–कश्मीरका नेपाली सुरक्षित तर चिन्तित भएको समाचारलाई प्रथम पृष्ठमा छापेको छ। पत्रिकाले थानकोट–चित्लाङ सडक स्तरोन्नतिका नाममा डाेजर लगाउँदा उजाडिएको काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित वन क्षेत्रको तस्बिरसहितकाे समाचार प्रथामिकताका साथ छापेको छ।

अन्नपूर्ण पोष्ट दैनिककले निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग, पेन्सनवाला पूर्व उच्च प्रहरी अधिकृत निजी कम्पनीमा जागिरे भएको लेख्दै मुख्य समाचार बनाएको छ।

गोरखापत्र दैनिकले त्रिशुलीमा बस दुर्घटना, २० जना अझै बेपत्ता शीर्षकका राष्ट्रिय समाचार समिति (रासस) ले लेखेको समाचारलाई मुख्य पृष्ठमा प्रकाशित गरेको छ । लगानीमैत्री वातावरण निर्माणमा नेपालको सुधार गति अग्रस्थानमा शीर्षकको समाचारलाई पनि गोरखापत्रले प्रथम पृष्ठमै प्रकाशित गरेको छ।

नागरिक दैनिकले भेरी–बबई डाइभर्सनमा विभागको अवरोध शीर्षकलाई मुख्य समाचार बनाएर प्रथम पृष्ठमा प्रकाशित गरेको छ । यसैगरी, विप्लव नेता–कार्यकर्ता धमाधम पक्राउ शीर्षकको समाचारलाई पनि नागरिकले प्रमुख समाचार बनाएको छ । नाम पनि काम जस्तै आदर्श, २००४ सालमा स्थापित आदर्श मावि अहिले ‘स्मार्ट स्कुल’ मा रूपान्तरित भएको समाचार पत्रिकाले लेखेको छ।

नयाँ पत्रिका दैनिकले हेटाैंडा सिमेन्ट उद्योगमा मन्त्रीनिवास, रूग्ण उद्योग सञ्चालनको पहल गर्नुको सट्टा चलिरहेको उद्योगमा समेत मन्त्रीहरूको हालीमुहाली भन्दै पृथक समाचार प्रकाशित गरेको छ।

कारोबार दैनिकले कलंकी–महाराजगञ्ज सडक विस्तार फागुनबाट हुने खबरलाई प्राथामिकता दिएर पहिलो पृष्ठमा प्रकाशित गरेको छ। चक्रपथ विस्तारको पहिलो चरणको काम फागुनबाट सुरु गरिने भएको छ । दोस्रो चरण अन्तर्गत कलंकी–महाराजगञ्ज र कोटेश्वर–तिलगंगा सडक विस्तार गर्न लागिएको पत्रिकाले समाचार लेखेकाे छ।

जनता समाचार;

प्रतिक्रिया दिनुहोस