आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) २६७ पाठक संख्या

काठमाडौँ साउन २६ : शुक्रबार, आइतबार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ ।उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाइ लम्बिएको हो ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरेका हुन् ।
रातोपाटी;

प्रतिक्रिया दिनुहोस