आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुरमा चार बस एकसाथ दुर्घटना, १६ घाइते

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) २५५ पाठक संख्या

भक्तपुर साउन २६ : मध्यपुर ठिमीमा चार यात्रुवाहक बस दुर्घटना भएको छ । एउटा बस अनियन्त्रित भई तीनवटा वसलाई ठक्कर दिँदा १६ जना घाइते भएका हुन् ।काठमाडौंबाट सिन्धुलीतर्फ गइरहेको बा ४ ख ५७९४ नम्बरको बसले सोही रुटतर्फ गइरहेको तीनवटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बा ४ ख ५७९४ नम्बरको बसले बा ५ ख ४०२९, बा ३ ख ७०९३, र ना ६ ख ७१८५ नम्बरको बसलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
घाइतेको नागरिक अस्पताल र ठिमी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनाको थप अनुसन्धानका लागि दुर्घटनाग्रस्त सबै बस नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका सबै बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनता समाचार:

प्रतिक्रिया दिनुहोस