आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २७, सोमबार (४ साल अघि) ४११ पाठक संख्या

साउन, २७ : लोकपुकार न्यूज डेस्कजनकपुरधाम, जारी एमबीएसको परिक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले पांचजनालाई पक्राउ गरेको छ । जनकपुरधाम स्थित राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र गरेको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन ।]

परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराउने अवस्थामा प्रहरीले ३० वर्र्षीय लीलाराज शिवभक्तिसहित पाँच जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्ने अन्य व्यक्तिको नाम प्रहरीले अनुसन्धानका लागि गोप्य राखेका छन् ।

स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सुचनाको अधारमा तिनीहरुलाई पक्राउ गरेको हो । प्रश्नपत्र बाहिर ल्याउन घटनामा संलगनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

लोक्पुकर ;

प्रतिक्रिया दिनुहोस