आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उदयपुरका २ जनामा डेंगु संक्रमण

AuthorAP Khabar२०७६ श्रावण २७, सोमबार (४ साल अघि) ४३७ पाठक संख्या

उदयपुर, साउन २७ : उदयपुरको कटारीमा डेंगुको संक्रमण भएका दुई जना बिरामी फेला परेको छन्। कटारी नगरपालिका–३, निवासी नीलम खड्का र चित्रबहादुर दाहालमा डेंगुको संक्रमण भएको हो।

एक सातादेखि लगातार ज्वरो आएर कटारी अस्पताल भर्ना भएका खड्का र दाहाललाई डेंगु परीक्षण गर्न कटारी अस्पतालका डा.गौरव शाहले आग्रह गर्नुभएको थियो।उनीहरूले नजिकैको जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको हो।

यसअघि कटारीमा डेंगु संक्रमण नदेखिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। कटारीमा डेंगु संक्रमण भेटिएसँगै अस्पताल पुगेर तत्कालनै डेंगुको टेष्ट गर्न चाहिने किट उपलब्ध गराई बिरामीको उपचारमा गर्न स्पताललाई निर्देशन दिइएको छ।

रोकथामका लागि कटारी क्षेत्रमा दुई महिनाअघि सरसफाई अभियान कार्यक्रमअन्तर्गत डेंगुको औषधि पनि छर्केका थिए। नगरप्रमुखले भन्नुभयो, ‘हाल कटारीमा डेंगु संक्रमण देखिएको छ, हामी संवेनशील छौं, यद्यपि घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर सरसफाइमा ध्यान दिन भनेका छौं ।’

कटारी नगरपालिका स्वास्थ्य शाखाले डेंगु नियन्त्रण गर्न अभियान गरे पनि खासै प्रभावकारी नभएको कटारीका स्थानीय सत्रुधन कार्कीले बताउनुभयो । नगर पालिकाले बजेट सक्ने काम मात्र गरेको उनको आरोप छ।

वर्षातको समय सकिएसँँगै हिउँदको समय शुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने कटारी अस्पतालका डा.गौरव शाहले बताउनुभयो।

डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ। वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुची नहुने जस्ता लक्षण देखिने पनि डा.शाहले बताउनुभयो।

जनता समाचार

प्रतिक्रिया दिनुहोस