आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस वर्षको गाईजात्रा प्रदेश नम्बर २ को सिमरामा पनि हुने ।

AuthorAP Khabar२०७६ श्रावण २७, सोमबार (४ साल अघि) ३८९ पाठक संख्या

एपी खबर
जीतपुर, साउन २७ : काठमाडौँमा मात्र हुने गाईजात्रा पर्व यस वर्ष प्रदेश नम्बर २ को सिमरामा हुने भएको छ । स्थानीय स्तरमा संयोजन गरिरहेको होटल तथा पर्यटन ब्यवसायी संघ र सिमरा फाउण्डेश, बाराले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै भादौ १ गते बाराको सिमरामा गाईजात्रा प्रर्दर्शन हुने जानकारी गराएको हो ।

पछिलो समय पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गएको जीतपुरसिमरा उपमहानगरको सिमरामा यस कार्यक्मको आयोजना गर्न लागिएको हुँदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको जानकारी दिनुभयो ।

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहित शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउने आयोजक होटल व्यवसायी संघका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी सुरु भएसंगै हास्य कलाकार गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन् ।

सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रममा होटल ब्यवसायी संघ र फाउण्डेशनले एक हजार पाँच सय र एक हजार गरी दुई किसिमको टिकट दर तय गरेको सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुसेनले जानकारी दिनुभएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन उक्त रकम खर्चिर्ने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनको बताउनुभयो ।

गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दलका नेतासहित पाँच सय जनालाई सहभागी गराउने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस